नेपाली कांग्रेस कास्कीले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारलाई जनताप्रति जबाफदेही बनाउने भूमिका संसदबाट कांग्रेसले खेल्ने बताए ।

सरकारबाट बाहिरिएसँगै कांग्रेसलाई केन्द्रदेखि गाउँ तहसम्म सङ्गठन विस्तार गर्ने मौका मिलेको बताउँदै उनले आगामी निर्वाचनमा अन्य सबै पार्टी एक भए पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नसक्ने पार्टीका रूपमा विकास गर्न सक्ने बताए ।

महामन्त्री थापाले आगामी २०८४ को निर्वाचन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा आउने दाबी गरे ।