भरत भाबुक प्रसाई । अर्जुनधारा , युवा नागरिक समाजले एक कार्यक्रमका बिच अर्जुनधारा नगर कमिटी घोषणा गरको छ ।
महिला तथा जनजाती आदिबासी समुदायिक भवनको हलमा सम्पन्न भएको भेलाले सुजन शिवाकोटीको अध्यक्षतामा २३ सदस्य अर्जुनधारा नगरकमिटी गठन गरेको हो ।
युवा नागरिक समाजका केन्द्रीय अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सल्लाहकार संयोजक जयनारायण ढुङ्गानाले राजनितिको छाँया भन्दा माथी उठेर समाजका व्यतिथी विरुद्व बोल्न नव निर्वार्चित सदस्यहरुलाई आग्रह गर्नु भयो ।
उहाँले युवा नागरिक समाज लाई तिब्र र शसक्त बनाउन आग्रह समेत गर्नुृ भयो । कार्यत्रमको औचित्यमाथी प्रकाश पार्दै युवा नागरिक समाजका केन्द्रिय उपाध्यक्ष देवी संग्रौलाले विधीकाे शासनका लागी नागरीक खबरदारी आवश्यक भएकाले युवा नागरीक समाजको सञ्जाल बढाउन लागिएको बताउनु भयो ।
शंकर अस्पतालका प्रबन्ध निर्देशक शिवाकोटी अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसमा वरिष्ठ उपाध्यक्ष– सन्तोष आलेमगर ,उपाध्यक्ष– बिमला भट्टराई , सचिव– सन्दीप ढकाल, सह– सचिव– हिमाल इङनाम, कोषाध्यक्ष– सुमित्रा शिवाकोटी र सह– कोषध्यक्षमा निर्जा शिवाकोटीलाई चयन गरिएको उपाध्यक्ष संग्रौलाले जानकारी दिनु भयो ।
सुरज शर्माले सञ्चालन गरेको कार्यक्रमा विभिन्न सामाजिक अभियन्ताहरुले नव गठित टिम लाई शुभकामना दिदै अन्याय अत्याचारको भण्डाफोर गर्दैआवाज बिहिन हरुको आवाज बन्न सुझाएका थिए ।
युवा नागरिक समाजका केन्द्रिय अध्यक्ष भण्डारीले शाखा विस्तारलाई निरन्तरता दिने बताउनु भयो । उहाँले संस्था कुनै नाफा कमाउने उदेश्यले स्थापित नगरिएको बताउदै बेथितीको बिरुद्व निस्वार्थरुपले लाग्न नव निर्वाचित पदाधिकारीहरुलाई आग्रह गर्नु भयो ।
निर्वाचित अध्यक्ष शिवाकोटीले शङकर अस्पतालले युवा नागरिक समाजका सदस्यलाइ १५ प्रतिशत छुट दिने धोषणा गर्नु भयो ।
कार्यत्रलममा शनिश्चरे प्रशरी प्रमुख नगर बहादुर खड्का लगायत सामाजिक अभियन्ताहरुको उपस्थिती रहेको थियोृ ।














