काठमाडौं । सत्तारूढ दलहरूको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै छ ।

बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागिएको हो । यसअघि सत्तारूढ गठबन्धनले हिजो नै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भनेका थिए ।

गत फागुन २१ सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए ।

कार्यदलमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी थिए ।

कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल थिए ।