राष्ट्रिय प्रजातान्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक पूर्व प्रहरी परिषद झापाको अध्यक्षमा अम्बिका पोख्रेल चयन हुनु भएको छ ।

एक कार्यक्रमका बिच सम्पन्न प्रथम जिल्ला अधिबेशनबाट २१ सदस्य झापा जिल्ला समिति गठन गरिएको हो । 

राप्रपा नेता तथा सांसद भक्ति सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा पुर्व प्रहरी परिषद्को चयन भएको हो ,जसमा सह–अध्यक्ष देवी आर्चाय, उपाध्यक्षमा देवराज परियार , प्रवक्तमा जनक खड्का, सचिवमा सार्की धन राई, कोषाध्यक्षमा हेम लिङदेन चयन हुनु भएको थियो ।

त्यस्तै खेम कर्कीको संयोजकत्वमा ५ सदस्य सल्लाहकार समिति गठन भएको बताइएको छ । राप्रपा सम्बद्ध पूर्व प्रहरीहरुको भेलाले संगठनलाई अझ विस्तार गर्दै अघि बढ्ने निर्णय भएको बताइएको छ ।

कार्यक्रममा राप्रपाका जिल्ला तहका नेताहरुको सहभागिता रहेको थियो ।

36cc42a5-b1dc-4c93-86e8-b213d5c05e99राप्रपा नेता तथा सांसद भक्ति सिटौलाले हिजो प्रहरी पेशामा लागेर जसरी राष्ट्रको सेवामा प्रहरी लाग्नु भएको थियो त्यसरी नै राजनितीमा देखिएको व्यतिथी विरुद्व एकताबद्व भएर लाग्न पूर्व प्रहरी एवं निर्वाचित कार्यसमितिलाई आग्रह गर्नु भयो ।

राष्ट्रिय प्रजातान्त्रिक पूर्व प्रहरी परिषद झापाले  आउँदा दिनमा संगठनलाई मजबुद बनाउदै पूर्व प्रहरी, प्रजातान्त्रिक चिन्तन बोक्ने युवाहरुलाई संगठित गराँउदै लैजाने  नव निर्वाचित प्रवक्तमा जनक खड्काले बताउनु भयो ।