उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम गर्न नसकेका दिन सरकारबाट आफै बाहिरिने बताउनु भयो । 

इलाम–२ उपनिर्वाचनका लागी आफ्नो उम्मेद्ववारलाई  जिताउन आहवान गर्दै उहाँले यस्तो बताउनु भएको हो । 

आज  इलाममा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै, “रास्वपा सरकारमा नगएको भए हुन्थ्यो भन्ने कुरा पनि आम नागरिकमा  रहेको बताउदै  काम गरेर देखाउननसके सरकारमा एक पल पनि नबस्ने बताउनु भयो । 

उहाँले रास्वपा सरकारमा सहभागी भइसेकपछि सुशासन र सेवा प्रवाहमा जनताले अपेक्षा गरेअनुरुप सुधार सुरु भइसकेको दाबी गर्नुभयो । उहाँले विभिन्न समयमा भएका सबै भ्रष्टचारका फाइलहरु क्रमशः खोलिँदै लैजाने बताउँनु भयो ।  उहाँले भ्रष्ट्रचारीहरू कसैलाई पनि उम्कन नदिने दाबी गर्नु भयो ।