प्रतिनिधि सभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएसँगै आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका प्रतिस्पर्धीको टुंगो लागेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकबाट कांग्रेसले इलाम–२ मा डम्बरबहादुर खड्का र बझाङ (क) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । इलामबाट गत ७ चैत र बझाङबाट ५ चैतमा आकांक्षीहरूको नाम सिफारिस भएको थियो ।














