भरत भाबुक प्रसाई । बिर्तामोड, मनकामना कलेज विर्तामोड झापाले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रम बिच विदाई गरेको छ ।

dc7bb869-66b0-4f84-8094-1b14894be30dकलेजका प्राचार्य श्री प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका  शैक्षिक कोअर्डिनेटर कुमार थपलियाले शुभकामना मन्तव्य राख्दै अनुशासन र शिक्षाप्रतिको निरन्तर साधनाले मात्रै अपेक्षाकृत सफल्ता हासिल गर्न सकिने बताउनु भयो ।

विद्यार्थीका तर्फबाट सुशील चुडाल  शुवर्णा तामाङ्,समीक्षा भट्टराइले विद्यार्थीको उन्नयनमा मनकामना कलेजले पु¥याएको योगदानको प्रंसशा गर्नुभएको थियो ।

2d26a89d-54bf-4e6c-ad34-c43308c6213aशिक्षकका तर्फबाट मानबिकि संकाय कोअर्डिनेटर बिजय तिम्सिनाले उत्प्रेरणामुलक बिचार राख्दै विद्यार्थीहलाई शिक्षाको महत्वका सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा कक्षा ११ का विद्यार्थीले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेका थिए ।

0ee8e132-9925-46e4-aa4e-c75fbc764cbdसाथै,विद्यार्थीका तर्फबाट गायन तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो । शुभला तामाङले सञ्चालन गर्नु भएको कार्यक्रममा, विद्यार्थीहरुलाई कलेजका शिक्षक विद्यार्थी र  व्यवस्थापन समिति सदस्यहरुले संयुक्त रुपमा मायाको चिनो र अविरले सम्मान गरेका थिए । 

 बिदाई कार्यक्रममा मानबिकी ,कानुन, ब्यवस्थापन बिभागका करिब २ सय बढी विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।