सनातन जगतका अनेक ग्रन्थहरूमा भगवान् श्रीरामको सम्पूर्ण जीवन वृत्तान्त भेटिन्छ । रामायणहरू पनि अनेक छन् ।

अनेक पुराण श्रीरामको आख्यान, उपाख्यान र कथाहरूले भरिएको छ । नेपालका आदिकवि भानुभक्तले संस्कृत रामायणको खस भाषामा अनुवाद गरेका छन् ।

श्रीराम एक लोकप्रिय आराध्य देवताको रूपमा प्रतिष्ठित छन् । रामायण पाठ हिन्दु धर्मावलम्बीहरू श्रद्धापूर्वक गर्दछन् ।

श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णले भनेका छन् कि धरतीमा जब जब धर्मको हानी हुन्छ र अधर्म बढ्दछ तब तब अधर्मीको विनाश गरेर धर्मको रक्षाको लागि मेरो अवतरण हुन्छ ।

123 3

भगवान् विष्णु सृष्टि धर्मको संस्थापना र निरन्तरताका लागि सत्ययुगमा मीन, कुर्म, वाराह र नरसिंहको, त्रेतायुगमा वामन, परशुराम र रामको तथा द्वापरयुगमा कृष्ण र बुद्धको रूपमा अवतरित भए ।

श्रीराम भगवानको सातौँ अवतार हो । उनले अधर्मी रावणसहित रक्षकुलको नाश गरे । तत्पश्चात् आदर्श राजनीतिको स्थापना गरेर मर्यादा पुरुषोत्तम श्रीराम कहलाए ।