काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट राजीनामा दिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो राजीनामा पठाएर उनी सिधै लोसपा अध्यक्ष महन्थ ठाकुरलाई भेट्नका लागि उनको निवास पुगेका हुन् ।
भेटमा अध्यक्ष यादवले मधेस प्रदेशको सरकारमा सहयोग गर्न आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।
जसपा नेपालको नेतृत्वमा रहेको मधेस प्रदेशको सरकारबाट एमाले र माओवादी केन्द्रले फिर्ता लिइसकेपछि सो सरकार अहिले अल्पमतमा परेको छ ।
कांग्रेस, नेकपा (एस) र लोसपाले साथ दिए जसपा नेतृत्वको सरकार जोगिन सक्ने अवस्था देखेर अध्यक्ष यादव लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग सहयोग माग्न पुगेको स्रोतको भनाई छ ।














