पोखरा । आशा काम्बाङ , नागरिक बचाउ महाअभियान नेपालले नागरिकको जीवन रक्षाका लागि पोखरामा नाट्य
अभियान सुरु गरेको छ ।
बैक सहकारी लघु बित्त र मिटर ब्याजीहरुको चरम दमनलाइ सहन गर्न नसकी नागरिकहरुले आत्मा दाह गर्न थालेपछि उनिहरुमा सचेतना जगाउदै राज्यको ध्यानाकर्षण होस भनेर नाट्य अभियान सञ्चालन गरिएको राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महा अभियानका केन्द्रीय संगठन बिभाग प्रमुख हरि कार्कीले जानकारी दिनु भयो ।
२०८१ साल जेष्ठ (१ गते पोखरा महानगरपालिका अमरसिंह मा. वि.को खेल मैदानबाट सुरु गरिएको नाट्य अभियान कास्की , धौलागिरी र गण्डकी अञ्चलका बिभिन्न जिल्लाका दुर दराज सम्म पुगेर प्रस्तुत गरिने क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा नाटकका निर्देशक माधब कल्पितले जानकारी दिनु भएको छ ।
२०८१ साल जेष्ठ ९ गते नागरिक बचाउ महाअभियान गण्डकी अञ्चलद्बारा पोखरामा आयोजीत विशाल नागरिक सभामा मञ्चन पश्चात् समापन गरिने कुरा नाटकका निर्देशक माधब कल्पितले जानकारी दिनु भएको छ ।
नाटकमा निर्देशक माधब कल्पित, ओम प्रकाश लुइँटेल अनु श्रेष्ठ , सृर्जना खतिवडा , हरि श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको कुरा अभियानका गण्डकी अञ्चल संयोजक यदु सिग्देलले जानकारी दिनु भएको छ ।