नेपाल कम्युनिष्ट पार्टी एमाले नगर कमिटी बिर्तामाडले अधिवेशन तयारी तथा  लागो सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला पार्टी कार्यलय बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनका बिच  लागो सार्वजनिकीकरण गरिएको हो ।

बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले  इलामको उपनिर्वाचनका कारण अधिवेशन निर्धारित समय भन्दा केही ढिला हुन लागेको जानकारी दिनु भयो । उहाँले तिनै तहका निर्वाचनमा  एमाले बहुमतका साथ विजय हासिल गरेका बताउनु भयो । 

888888उहाँले ५५ जना स्थानियत तहका जनप्रतिनिधी मध्ये ४० जना नेकपा एमालेबाट  निर्वाचित हुन सफल भएको बताउनु भयो ।उहाँले पार्टीले जारी गरेको सर्कुलरका अनुसार गाउँपालिकाट ३ सय नगरपालिकाबाट ५ सय छनोट गरिने बताउनु भयो ।उहाँले भोली बुधबार ९ गते प्रतिनिधी छनोट गरिने बताउनु भयो ।

उहाँले बिर्तामोड नगरका १० वडा भित्र भुगोलतर्फ ३ सय प्रतिनिधी छनोट गरिने बताउनु भयो ।

त्यस्तै  १६ वटा जनवर्गिय संगठन बाट ४१ जनाप्रतिनिधी छनोट गरीने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

  बिर्तामोड नगर कमिटी इन्र्चार्ज तथा नेकपा एमाले केन्द्रीय सदस्य गीता अधिकारीले मिसशन ८४ अभियानमा पार्टी रहेकाले गत आर्थिक वर्षसम्मा नगरवडा र पालिकाहरुको अधिवेशन सम्पन्न गरी  संगठन विस्तारमा लाग्ने बताउनु भयो ।


444444 गो सार्वजनिकीकरण कार्यक्रममा  जिल्ला कमिटी सदस्य देवराज कार्की,जिल्ला कमिटी पूर्व सदस्य गोपाल काफ्ले लगायत जनवर्गिय संगठनका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

जेष्ठ १३ गते हुने अधिवेशनको सम्पूर्ण कार्य पूरा भइसकेको बिर्तामोड नगर कमिटीका अध्यक्ष भट्टराईले बताउनु भयो ।