धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । बुधबार अदालतमा पेश भएका सिरोहियालाई तीन दिनको म्याद थप गर्न अनुमति दिएको हो । 

नागरिकतासम्बन्धी मुद्दामा मंगलबार साँझ काठमाडौँको कार्यालयबाटै पक्राउ गरेर धनुषा ल्याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । 

प्रहरीले सिरोहियालाई १० दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थियो । 

उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको बचत अपचलन गरेको प्रमाणसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन गरेपछि त्यसको प्रतिशोध साँध्न सिरोहियालाई पक्राउ गरिएको बताइएको छ । 

यस सम्बन्धमा सम्पादकहरुले संयुक्त पत्र लेख्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षणसमेत गराएका छन् ।