प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शुक्रवार काठमाडौं केन्द्रित बिरोध प्रदर्शन गर्ने भएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको काँग्रेस नेता नैनसिंह महरले बताउनु भयो । उहाँले शुक्रवार काँग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रित संघर्ष गर्ने र सहकारीको विषयमा पीडित केन्द्रित आन्दोलन गर्ने निर्णय भएको बताउनु भयो ।

उहाँले पार्टीलाई स्थानीय स्तरसम्म लैजान विभिन्न कार्यक्रमहरु गर्ने निर्णय भएको बताउनु भयो । उहाँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि काँग्रेसको नेतृत्व गर्नेहरुबाट पार्टीलाई ठिक ठाउँमा पु¥याउन नसकेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘शुक्रवार काँग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रित संघर्ष गर्ने र सहकारीको विषयमा जुन जुन जिल्लामा सहकारी पीडितहरु बढी छन्, त्यो जिल्लामा इन्क्वायरी गर्ने र त्योअनुसार संघर्षको कार्यक्रम गर्ने । पार्टीलाई तल्लो स्तरसम्म लैजान राम्रोसँग काम गर्ने र केही कार्यक्रम बनाउने ।

नेपाली काँग्रेसको जसले जसले नेतृत्व गरेको छ, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे यता यो नेतृत्वले काँग्रेसलाई ठिक ठाउँमा पु¥याउन सकेको छैन । जुन स्पिडमा काँग्रेसले आशातित हुन सकेन ।’

उहाँले काँग्रेसले आशातित रुपमा काम गर्न नसकिरहेको पनि बताउनु भयो ।