नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले नेपाली काँग्रेसले सरकारले गरेका गल्तीहरुको उजागर गर्ने बताउनुभएको छ ।
आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बन्नुपर्ने मागअनुसार समिति बनेको र अब कामहरु क्रमशः हुँदै जाने बताउनु भयो ।
उहाँले बजेट एक हिसावले हेर्दा ठिक आएको बताउनु भयो ।














