काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गर्नुृ भएको प्रधानमन्त्री कार्यलयले जनाएको छ ।
उहाँहरुबिच आपसी हित र साझा चासोका विविध विषयमा संक्षिप्त कुराकानी भएको भारतीय राजदूतावासले जनाएको छ।
प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताउनु भएको थियो ।
लोकसभा निर्वाचन परिणामअनुसार नेसनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४ सिट जितेको छ ।














