सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।

न्यायाधीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक गरेको हो । 

मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईँले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए ।