नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अदालत र संवैधानिक निकायलाई प्रभावित पार्ने र आफ्ना पार्टीका नेता कार्यकर्तामाथि घेराबन्दी गर्ने कोशिस भइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अदालत र संवैधानिक निकायलाई तर्साउने, फकाउने र लोभ्याउने परिपाटी पनि देखिएको बताए ।

अर्को, कुनै न कुनै ढंगबाट घेराबन्दी गर्ने प्रपञ्च देखिरहेका छौं’, उनले भने, ‘निर्दोष साथीहरुलाई कहीँ कतै अप्ठेरो पार्ने कोशिस हुन्छ भने त्यो बेला सिंगो पार्टी एक ठाउँमा आएर पार्टीले बोल्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट छौं ।’

तर कसैले गल्ती गरेको छ भने कांग्रेस भएको कारणले छुट र उन्मुक्ति पाउन हुन्न भन्नेमा आफूहरु प्रष्ट रहेको थापाले बताए ।