काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने बताउनुभएको छ । शिक्षा मन्त्रालय सम्हालेको आज सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेन्डा लागू गरेर छोड्ने बताउनुभयो ।
मन्त्री श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण रहेसम्म समाज, शिक्षक र विद्यार्थीहरूको शिक्षण पेसामा मर्का पु¥याइरहने उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आबद्ध शिक्षकहरूको तथ्याङ्क माग गरे पनि प्राप्त नभएको गुनासो गर्नुभयो ।














