बिर्तामोड। भरत भाबुक प्रसाई,  बिर्तामोड नगरपालिका वडा नम्वर ६ ले बिकासको अभियानमा वडालाई सक्रिय  परिचालन  गरेको छ ।

समावेशी बजेट विनियोजन, आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्दै बजेटको परिचालन गरिएको  वडाध्यक्ष सुर्यप्रसाद कन्दङवाले बताउनु भयो । 

_MG_0593 यस वडाले  बिकास निर्माणका साथै सामाजिक सवलीकरणमा महिलाको पहुच पु¥याउने उदेश्यले  यस वर्ष महिला मुक्ति अभियान झापालाई माइन्युट लेखन सम्बन्धि प्रशिक्षण तालिम प्रदान गरेको थियो ।

_MG_0574त्यस्तै सुगम महिला नौमति बाजा सांस्कृतिक समूहलाई एक दिवसीय आँखा शिविर सम्पन्न गर्न नगद १५ हजार आर्थिक सहयोग प्रदान गरेको थियो ।

त्यस्तै प्राथना नेपाल प्रतिष्ठान बिर्तामोडलाई  लागु औषध दुव्यर्सन नियन्त्रण सम्बन्धि कार्यक्रम सञ्चलनार्थ  ६० हजार आर्थिक सहयोग प्रदान गरेको  थियो । 

_MG_0578त्यस्तै नेपाल पत्रकार महासंघ झापालाई  समावेशी पत्रकारिता सम्बन्धी कार्यक्रमका लागि रु ५० हजार आर्थिक प्रदान गरको थियो । 

रुस्मा मिडिया एजेन्सीलाई नागरीकको व्यक्तित्व बिकास तथा उद्धोषण प्रशिक्षण सम्बन्धी तालिममा निम्ति ७५ हजार प्रदान गर्दे वडाले आफ्नो सामाजिक उत्तरदायित्व वहन गरेको छ ।

  बिर्तामोड नगरपालिका वडा नम्वर ६ ले  ७९÷ ८० का लागी रु १ करोड सिलिङ बजेट प्राप्त गरेको  थियो ।

_MG_0589  बिर्तामोड वडा नम्वर ६ ले यो आर्थिक वर्षमा थुप्रै बिकास निर्माणका परियोजना सम्पन्न गरेको छ । वडाले  सुगम शान्ति टोलबाट इन्द्र चन्द्र क्याम्पस जोड्ने  बाटोमा पेर्वस बिछ्याउने काम  सम्पन्न गरको  छ ।  त्यस्तै  शुन्दरनगर टोल स्थित रोड नम्वर २ मा आर्थिक वर्ष २०८०÷८१ मा  ६ वटा विद्युतीय पोल तथा तार विस्तार गरिएको छ । 

_MG_0549

त्यस्तै लोकबन्दु मार्ग बुट्टाबारीबाट  हरियो आश्रम बेलगाछी  गरामनी सम्म जाने बाटो पिच गर्ने कार्य सम्पन्न भएको  छ । 

धरधरे छट पूजा निर्माण स्थलमा प्रधानमन्त्री स्वरोजगारहरुले अनुदान अन्र्तगत १ लाख बराबरको पल्म निर्माण गरिएको छ । 

 त्यस्तै नगर गौरव योजना अन्र्तगत  विश्व बैकबाट प्राप्त आर्थिक सहयोगमा बनिदै गरेको बुट्टाबारी देखि प्याकुरेल चोक जोड्ने  सडक अन्र्तगत वडा नम्वर ६  क्षेत्र भित्र पर्ने नाली ड्रेन निर्माण कार्य सम्पन्न भइसकेको वडाध्यक्ष कन्दङवाले जानकारी दिनु भयो ।

 उहाँले समावेशी प्राथमिक्तामा राखी बिकासको काम सम्पन्न गरिएको बताउनु भयो । जनता  संग गरेको    पूरा   गर्न आफु लागि परको उहाँले बताउनु हुन्छ ।