काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिक र नेतृत्वको प्राथमिकता फरक हुँदा देश अप्ठेराेमा परेकाे बताउनुभएको छ ।
आज काठमाण्डाैमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले देश अप्ठेराेमा छ भन्ने कुरा २००७ सालदेखि भन्दै आएको बताउँदै देश कहिल्यै पनि अनुकूलतामा नहुने कुरा स्पष्ट भएको उल्लेख गर्नुभयाे ।
गृहमन्त्री लामिछानेले नेताहरूले देश बनाउने कुरामा चिन्ता गर्न आवश्यक रहेको बताउनुभयो ।
नेताहरूले साँच्चिकै चिन्ता गर्ने हाे भने नागरिकका मुद्दामा सर्वदलीय बैठक बाेलाएर छलफल गर्नुपर्ने उहाँकाे भनाइ थियाे ।














