वुमन्स एसिया कप २०२४ को तयारीका लागि श्रीलंकामा रहेको नेपाल अभ्यास खेलमा पराजित भएको छ। 

सोमबार एसएल डेभलवमेन्ट स्क्वाडविरूद्धको खेलमा नेपाल ३३ रनले पराजित भएको हो। 

एसएलले सुरुमा ११९ रनको लक्ष्य दिए पनि १५ ओभरमा खेल झारिदा नेपालले ९६ रनको नयाँ पाएको थियो। 

जसमा नेपालले १५ ओभरमा ९ विकेट गुमाएर ६३ रन मात्र जोड्न सक्यो। नेपालका लागि रुबिना क्षेत्रीले १७ रन र सीता रानामगरले ११ रन जोडे। 

 जनहितमा जारी

बलिङमा एसएलकी देवमी विहांगाले ३ विकेट लिए। 

त्यसअघि पहिले ब्याटिङ गरेको एसएलले ८ विकेटको क्षतिमा ११८ रन जोड्यो। उसका लागि डुलानी र नुथीयाँगाले २७-२७ रन बनाए।

बलिङमा नेपालकी सवनम राईले ३ विकेट र राजमती ऐरीले १ विकेट लिए। 

श्रीलंकामा जुलाई १९ देखि सुरु हुने एसिया कपमा नेपाल समूह 'ए' मा छ। नेपालको समूहमा भारत, पाकिस्तान र युएई छन्। नेपालले पहिलो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ। दोस्रो खेल पाकिस्तानसँग २१ जुलाई र समूहको अन्तिम खेल भारतसँग २३ जुलाईमा हुनेछ।