अविल बर्षाको कारण जिल्ला झापा मेचिनगर नगरपालिका १ र ४ को सिमानामा पर्ने प्रसाद गैडा स्थित मेची खोलामा आएको बाढीले कटान गर्दा हात्ति छेक्न लगाएको ३ ओटा पिलर सहित थिङकिङ तार समेत, बगाएको छ ।
उक्त कटानबाट नगद एक लाख बराबरको क्षति भएको बाहुनडाँगी इलाका प्रहरी कार्यलयका प्रनानि तिर्थ भट्टराईले बताउनु भयो ।
पानी तह खालामा अझै बढेकाले खोला अनियन्त्रित हुन सक्ने खतरा रहकाले नजिक बसोबास गर्ने परिवारलाई सजग रहन आग्रह गरिएको भट्टराईले बताउनु भयो ।














