भरत प्रसाई । मेचीमहाकाली बुहारी सयुक्तआवाजकी  परिकल्पनाकार यमु शर्मा पौडेलका

श्रीमान रोशन पौडेलले आफ्नो जन्मदिन विपन्न ५० बालबालिकाहरूलाई झोला वितरण गरी मनाउनु भएको छ । 


IMG_0671प्रवासमा रहेर नेपाली जनजीवन उस्कान विभिन्न माध्यमद्वारा सहयोग गर्दै आउनु भएका पौडेलले विपन्नताकै कारण शैक्षिक सामाग्री खरीद गर्न नसकिरहेका बालबालिकाहरूलाई झोला वितरण गर्नु  थियाे । 

IMG_0674

 जनहितमा जारी

बिर्तामोड ७ स्थित  नगर गौरव टोलमा बसोबास गर्ने बालबालिकाहरूलाई यो बर्खाकाे समयमा झोलाको अत्यन्तै आवश्यकता परेकाले यही टोलको छनोट गरी विपन्न ५० जनालाई झोला वितरण गरिएको मेचीमहाकाली बुहारी सयुक्त आवाजकी  केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लेले जानकारी दिनु भयो । 

उहाँले जन्म दिनको शुभकाना दिदै बालबालिका संगै आफ्नो जन्म दिन मनाएकोमा खुसी व्यक्त गर्नु भयो । 


बालबालिकालाई स्कुल जान केही सहजता होस भनी मेचीमहाकाली बुहारी सयुक्तआवाजकी परिकल्पनाकार पौड्यलकाले आफ्नो श्रीमानको जन्म दिनको स्मृती स्वरूप आर्थिक सहजीकरण गर्नु भएको थियो ।

IMG_0681मेचीमहाकाली बुहारी सयुक्तआवाजले आफ्नो कार्यसमिति परिवारकोे जन्मदिन पनि गरीव विपन्न परिवार र बालबालिहरूलाई केही न केही सहयोग गर्दै मनाउदै आएको छ । 

प्रवासमा रहेर पनि सधै नेपाली माटो नेपाली परिवारको चिन्ता गरीरहने समाजिक ब्यतित्व रोशन पौडेलकाे फरक सोचलाई नमन छ ।