मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्र विभत्स अवस्थामा पुरुषको शव भेटिएको छ ।

बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्र विभत्स अवस्थामा पुरुषको शव भेटिएको छ ।

बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

डीएसपी बस्न‍ेतका अनुसार बजगाईं कुखुरा फर्म सञ्चालक हुन् । घर नजिकै कुखुरा फर्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र आज विहान करिब साढे १० बजे शव फेला परेको डीएसपी बस्‍नेतको भनाइ छ ।

प्रहरीका अनुसार बजगाईंको टाउको क्षतविक्षत अवस्थामा भेटिएको छ भने शरीरका अन्य भागमा चोट देखिएको छ ।