दैलेख – दैलेखको चौराठी खोलाले बगाएकाे तीन दिनपछि किशोरीको शव फेला परेको छ ।
नौमूले गाउँपालिका–६ सल्लेरीको भलायडाँकी १३ वर्षीया प्रमिला मल्ल चौराठीकाे शव खोलामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिनुभयो ।
भलायडाँडाबाट श्रीमेला बनमा बाख्रा गोठाला गएकी मल्ल घाँस काटिरहेका बेला चिप्लिएर खोलामा खसेकी थिइन् ।