काठमाण्डौ – पोखरामा आज बिहान स्कुल बस दुर्घटना भएको छ । विद्यार्थी बोकेको बस दुर्घटना हुँदा स्कुलमा काम गर्ने एक जना सहयोगीको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

बिहान विद्यार्थी लिएर स्कुल जाँदै गरेको एलपी देवकोटा मेमेरियल स्कुलको बस पोखरा १७ फुस्रे खोलानजिकै दुर्घटना भएको हो । दुर्घटनामा विद्यार्थीसहित २४ जना घाइते भएका र उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।