इलाम । इलामको माई नगरपालिका-२ गरुवा पुलस्थित बिर्तामोड–महमाई भित्री सडक खण्डमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
आज साँझ ५:३० बजे गरुवा पुलस्थित बिर्तामोड–महमाई भित्री सडक खण्डमा शुक्रबारे बाट सितलीतर्फ जाँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलको बीचमा सवार माई नगरपालिका १० गजेनी भन्ज्याङ बस्ने वर्ष अन्दाजी २६ का दिनेश कार्कीको मृत्यु भएको हो । उनलाई उपचारका लागि बिर्ता सिटी हस्पिटल बिर्तामोड ल्याइएकोमा साँझ ६ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।














