शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाको नगर गौरवको आयोजनाको रुपमा रहेको नगरस्तरीय दूधे रंगशालामा प्याराफिट निर्माणको चरणमा रहेको छ ।
नगरपालिकाले गएको चैत्र महिनादेखि प्याराफिट निर्माणको लागि काम सुरु गरेको थियो । हालसम्म अघिल्लो आर्थिक वर्षमा ठेक्का लागेको काम अन्तिम चरणमा पुगेको छ ।
शिवसताक्षी नगरपालिकाले खेलमैदान साथै प्याराफिटको काम पनि एकै पटक अघि सारेको थियो । २०७४ सालमा मास्टर प्लाष्ट तयार गरेपछि नगरपालिका रंगशाला निर्माणमा जुटेको हो ।














