असम भारत । भरत भाबुक प्रसाई, असम साहित्य सभा केन्द्रिय समितीको आयोजनामा हवाईपुर उच्चतर माध्यमिक विद्यालयमा एक भब्य सभ्य र ऐतिहासिक कार्यक्रमको सम्पन्न भएको छ ।
साउन महिनाको २७ गते पद्मश्री धनेश्वर इङ्तिको आतिथ्यतामा कार्यक्रम भएको थियो ।
आसामका धेरै जिल्लाबाट सहभागिता रहेको कार्यक्रम असम साहित्य सभाका सभापती श्री दुर्गा खतिवडाले सभाको सभापतित्व गर्नु भएको कार्यक्रमले नेपालका तर्फबाट साहित्य कला संस्कृति प्रतिष्ठानकीअध्यक्ष भगवती ढुंगेललाई सम्मान गरेकाे थियो ।
कार्यक्रममा सम्मान ग्रहण गर्दै ढुंगेलले यो सम्मान र माया नेपाली भाषा र साहित्य प्रतिको सम्मान भएको बताउनु भयो ।
झन्डोत्तलन गरेर सुरुवात गरिएको कार्यक्रममा नेपाली भाषा साहित्यका धरोहर श्री डम्बर दाहालको उपस्थितीमा शोभायात्रा गर्दै विद्यालयको सभाहलमा पुगी कार्यक्रमको शुरुवात गरिएको थियो ।
सांस्कृतिक काब्य सभाबाट सुरुवात गरिएको कार्यक्रममा पुर्व साहित्य सभाका अध्यक्ष समेत रहनु भएका श्री डम्बर दाहाललाई अभिनन्दन गरिएको थियो ।

कार्यकारी सभापती चिन्तामणी शर्मा, उप सभापती के पी भुसाल,महासचिव मदन थारा लगायत सम्पुर्ण साहित्य सभाका केन्द्रिय तथा शाखाबाट र साहित्य कला प्रेमीहरुको उच्च गरिमामय भब्य सहभागिता रहेको थियो ।
यसै क्रममा नेपालको तर्फबाट अतिथीको रुपमा आमन्त्रित साहित्य कला संस्कृती प्रतिस्ठान अध्यक्ष भगवती ढुंगेलले मन्तब्य मार्फत नेपाल र भारत बिच संस्कार,संस्कृती,पहिरन,प्रस्तुती एकै रहेको भएर यसको जगेर्ना गर्न सबैले पहल गर्नुपर्ने बताउनु भयाे ।

उहाँले आजको समयमा भएको भिन्नता,परिवर्तनको प्रभाब,र दुई भिन्न राष्ट्रमा रहेका नेपालीको यो साहित्यिक ,भाषिक, सांस्कृतिक परिवेश र सहकार्यलाई आउँदा दिनहरुले अझ बलियो ,दृढ बनाएर एकै शुत्रमा समेट्दै अझ धेरै सहकार्य गर्न जरुरी भएको र गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
नेपालको तर्फबाट सहभागी कलाकार मातृका प्रसाद संग्रौलाले पनि आफ्नो कला प्रस्तुत गर्नु भएको थियो । ज्योती हुमागाईले सञ्चालन गरेको कार्यक्रममा नेपालका तर्फबाट साहित्य कला संस्कृति प्रतिष्ठान अध्यक्ष भगवती ढुंगेल र मातृ कला आश्रमका अध्यक्ष मातृकाप्रसाद संग्रौला र उर्लाबारीकी कवि कलिता शर्मालाई सम्मान सहित पुरस्कृत गरिएको थियो ।














