बिर्तामोड । भरत भाबुक प्रसाई ,झापाली साहित्य समाजको आयोजनामा युवा आख्यानकार मिलन संग्रौलाको उपन्यास बाबऋको गृह विमोचन तथा रचना बाचन कार्यक्रम सम्पन्न गरिएको छ । 

 कार्यक्रमका प्रमुख अतिथी साहित्यकार पुन्यप्रसाद खरेलले  ब्यानर पढेर उद्घाट्न गरिएको कार्यक्रममा साहित्यकार चुडामणी वशिष्ठ, सञ्चारकर्मी चन्द्र भण्डारी,प्राज्ञ सुभद्रा भटट्राईले पुस्तक माथी परिचर्चा गर्नु भएको थियो ।

IMG_0434वक्ताहरु संग सम्वाद कार्यक्रमको संस्थाका अध्यक्ष हरी बराल र बा संग सम्वाद कार्यक्रमको गजलकार तथा वरिष्ठ पत्रकार केशव आर्चायले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा भरत बर्बरिक,रिता पोखरेल,विवश वलिभद्र कोइराला विमल बैद्यका गजल तथा कविताले कार्यक्रममा रौनकता थपेको थियो । 

IMG_0439

झापाली साहित्य समाजकी उपाध्यक्ष संगिता कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत संस्थाका सदस्य  पर्वत चिमरियाले गर्नु भएको थियो ।  बक्ताहरु संग सम्वाद कार्यक्रममा   सञ्चारकर्मी भण्डारीले उपन्यासले पहाडी जनजीवनको द्वन्द बोलेको बताउनु भयो ।

त्यस्तै अर्का बक्ता चुडामणी वशिष्ठले लेखकले पात्र चयन र कथाको  प्रस्तुतीकरणमा उत्कृष्ट कोसिस गरेको बताउनु भयो । उहाँले एक ओझिलो समाजको द्वन्द उपन्यासमा बोल्न खोजेको बताउनु भयो । 

बा संग सम्वाद कार्यक्रममा बोल्दै लेखकका बुबा राजेन्द्र प्रसाद संग्रौलाले एक पाठक भएर विवेचना गर्दा आफुलाई  छाेराले उछिनेको  बताउनु भयो ।

उहाँले लेखक संग्रौला सानै देखी पुस्तक पढ्न रुची राख्ने र आफ्ना सबै पुस्तक आफुले थाहाँ नपाई नपाई पढी सक्ने बानी रहेकाे  अनुभव बताउनु भयाे । 

कार्यक्रममा रङकर्मी टंक विकल्प सञ्चारकर्मी भरत प्रसाई , रवीकिरण बान्तवा ,केशव भट्टराई, संगितकार हस्त परियार,गजलकार दिलिप घिमिरे लगायत दजनौ साहित्यकारहरूको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन चर्चित कार्यक्रम प्रस्तोता सुनिता तामाङले गर्नु भएको थियो ।