बुद्धशान्ति बुलेट बाइक कुदाउनु एक महिलाका लागि चुनौतीपूर्ण कुरा हो । तर यो कुरालाइ चिर्दै र छोरी बुहारीले पनि समाजमा केही गर्न सक्षम छन भन्ने प्रमाणित गर्न झापा बुद्धशान्ति गाउँपालिका ३ कि ५५  निवासी शुसिला उप्रेती तिवारी ले मेची महाकाली बुलेट यात्रा गर्ने भएकी छिन । 

 बिश्व शान्तिको कामना गर्दै आयोजना गरिएको बुलेट बाइक यात्रा भदै ५ गते बाट सुरु भइ १५ गते समाप्त हुने कुरा आज पत्रकार सम्मेलन गरि बताइएको हो ।

तिवारीको यात्रा बुद्धशान्ति गाउँपालिका ३ स्थित राम जानकी मन्दिरबाट नौमती बाजा सहित सुरु भइ जगतगुरु जन्म स्थल हुदै पुर्बी नाका  काँकडभिट्टाबाट शुरू गरिएकाे  थियाे ।

   यात्रामा तिवारीकि   नाति मैनालीले पनि उनलाइ साथ दिदै छन । सो यात्राका क्रममा जोकोही ब्यक्तीले सकेजती   सहयोग गर्न सक्ने बताएइको छ ।

समाजमा छोरी बुहारीहरुप्रती रहेको नकारात्मक टिप्पणीलाइ गलत साबित गर्न एउटा उदाहरणको रूपमा तिवारी चिनिन्दै आएकी छिन् ।