झापाको बिर्तामोडमा रहेको सुविधा सम्पन्न हिकाेला हेरिटेज प्रा लिले आफ्नो १० औ  बार्षिक  उत्सव प्रर्यटन प्रवद्वनमा हाम्रो भुमिका विषयक अन्तरक्रिया गरि मनाएको छ । 

 झापाका चर्चित होटलहरु मध्ये एक हिकोला हेरिटेजले पूर्वी पर्यटनमा महत्वपूर्ण भुमिका खेलेको आज आयोजित अन्तरक्रियाका वक्ताहरुले बताएका छन् ।

7

कार्यक्रममा पर्यटन अभियन्ता  विनोदराज खनालले पर्यटन प्रवद्वन र यसका चुनौतिका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

हिकोला हेरिटेजका सञ्चालक गौरव श्रेष्ठले नेपालमा होटल व्यवसाय चुनौतीको व्यवसाय भएको बताउनु भयो ।

उहाँले योजनाबद्व तरिका पर्यटकमैत्री होटलको आवश्यकतालाई औल्याउनु भएको थियो । नेपाल उड्डयन प्राधिकरण भद्रपुरका कार्यलय प्रमुख किशोरकुमार खत्रीले  विमानको स्तरउन्नतीमा प्राधिकरण लागेको बताउनु भयो ।

उहाँले तेश्रो मुलुकबाट  पनि पर्यटक आउन थालेको  बताउदै, पर्यटक भित्र्याउन सबैले आफ्नो  जिम्मेवारी बहन गर्नुपर्ने बताउनु भयो ।  त्यस्तै अर्का बक्ता छवीलाल खतिवडाले हाल बंलादेशी पर्यटकलाई नाकाबाट प्रवेशमा रोक लगाइएको बताउनु भयो ।

उहाँले  २०८२ लाई भ्रमण वर्षका रुपमा मनाउन बाेर्ड लागि परेको बताउनु भयो ।

उहाँले नेपाललाई जलवायु र पर्यटनले धरै आर्थिक सम्पन्नता दिने भएकाले यसमा सबैको पहल हुनुपर्ने बताउनु भयो ।

स्रष्टा तथा  हिकोला हेरिटेजका प्रमुख देवीभक्त श्रेष्ठले आर्थिक चनौतिका विच होटल सञ्चालन गरिएता पनी सम्झौता अनुरुप  घर मालिकले करारकाे पालना नगरि अनेक बाहनामा घर आफ्नो नियन्त्रणमा लिएको जानकारी गराउनु भयो ।

4 1

श्रेष्ठले सत्यको जितहुने बताउदै चाँडै सञ्चालन  गर्न पाउनेमा आफु आशावादी रहको आयोजीत अन्तरक्रियाका क्रममा बताउनु भयो । 

कार्यक्रममा झापाका थुप्रै पत्रकारहरुको उपस्थिती रहको थियो ।