दमक, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा बनेको भ्यु टावर नभएर झापा ट्रेड सेन्टर रहेको प्रष्ट पारेका छन् ।
विहीबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा रास्वपाकी सांसद निशा डाँगीले दमकमा बनेको भ्यु टावरको उद्देश्य र लागतबारे प्रश्न गरकी थिइन् । जवाफमा प्रधानमन्त्री ओलीले भ्यु टावर नभएर दमकमा ट्रेड सेन्टर बनेको दावी गरेका हुन् ।
यस्तो कप्लेक्स थाइल्याण्डमा, मलेसियामा समेत रहेको बताए । अमेरिकाले धेरै पहिले ट्वीन टावर बनाएको र त्यसलाई वल्ड ट्रेड सेन्टर भनेर बुझिने गरेको प्रष्ट पार्दै उनले भने, ‘दमकको लागि अहिले झापा ट्रेड सेन्टर भनेर बुझ्दा हुन्छ ।’
उनका अनुसार उक्त कम्प्लेक्सको लागत १ अर्ब ७९ करोड ४८ लाख रहेको छ । ४५ मिटरसम्म जग रहेको उल्लेख गर्दै उनले भने, ‘भवन दह्रो बनाइएको छ । त्यसले सयौं वर्षसम्म प्रतिफल दिनेछ ।’














