१२ भदाै, विराटनगर । मोरङको विराटनगरमा निकालिएकाे राधाकृष्ण रथयात्रा समापन भएको छ ।
विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट गएराति सुरु भएको राधाकृष्णको युगल जोडीसहितको रथ यात्रा बजार क्षेत्रको करिब ८ किलोमिटर यात्रा तय गरी पुन: मन्दिरमा पुगेर समापन भएको हो ।
प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा तीन लाख बढी भक्तजन सहभागी भएको आयोजकले बताएको छ ।
राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैनबाट मेनरोड हुँदै जलजला चोक, ट्राफिक चोकदेखि रोडशेष चोक, महेन्द्र चोक, भृकुटी चोक र बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेकाे थियाे ।














