इलाम-इलाम गोल्डकपले पुरस्कार राशि दोब्बरले वृद्धि गरेको छ । पहिलो संस्करणमा भन्दा दोस्रो संस्करणमा पुरस्कार राशि दोब्बरले बढाइएको हो ।
इलाम गोल्डकपको दोस्रो संस्करण मंसिरमा हुँदैछ ।
यसअघि माघमा सम्पन्न पहिलो संस्करणमा पुरस्कारको राशि नगद ५ लाख थियो ।दोस्रो संस्करणका लागि पुरस्कारको राशि १० लाख रुपैयाँ बनाइएको इलाम गोल्डकपको आयोजक संस्था रेडहर्स फुटबल क्लबले जनाएको छ । क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगितामा सहभागी हुने एड डिभिजनसहित सम्भावित आठवटा टीमको नाम सार्वजनिक गरेको छ ।
आयोजक समितिका साङ्गे युल्मोले प्रतियोगिताका लागि तयारी सुरु गरिएको जनाउँदै पुरस्कार राशि दोब्बर बनाइएको जानकारी दिए ।
उनले मैदान र आर्थिक सहयोग सहितका काम सुरु गरेको बताए ।














