काठमाण्डाै – काठमाण्डौको सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ । सुन्दरीजलको बाग्मती खोला किनारमा एक युवतीको शव भेटिएको प्रहरीले जनाएको छ ।
शवको पहिचान भएको छैन । शव हेर्दा केही दिनअघि नै मृत्यु भएको जस्तो देखिने प्रहरीले जानकारी दिएको छ । शवलाई अस्पताल लगिएको र अब अनुसन्धान हुने प्रहरीले जनाएको छ ।














