मेची महाकाली बहारी संयुक्त आवाजकी संस्थापक तथा परिकल्पनाकार यमु शर्मा पौडेलले आफ्नो जन्मोत्सव बिर्तामोड ७ स्थित नगर गौरव टोल नयाँ बस्तीमा बसोबास गर्ने आमा दिदीहरुलाई श्रङगारको सामाग्री वितरण गरि मनाउनु भएको छ ।

सधै अरुको सेवामा आफ्नो सन्तुष्टि खोज्ने पौडेलले भिडियो कल मार्फत स–साना भाईबहिनीलाई स्नेह प्रदान गर्दै विभिन्न भोजनको व्यवस्था पनि गरिदिनु भएको थियो ।

नगर गौरव टोलका करीव ५० भन्दा बढीलाई श्रङगारको सामाग्री वितरण गर्दै मेची महाकाली बहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रा काफ्लेले विशाल हृदय भएकी संस्थाकी जननीको जन्म उत्सव यसरी मनाउन पाँउदा आफुलाई खुसी  लागेको बताउनु भयो ।

बालबालिकाहरुले मिष्ठान्न भोजन खादै पौडेललाई शुभकामना दिएका थिए ।