बिर्तामोड । अविरल वर्षापछि आएको बाढीले झापामा बिरिङ नदीको पुल भत्किएको छ । अर्जुनधारा– खुदुनावारी जोड्ने बिरिङ पुल पूर्णरुपमा क्षति पुगेपछि आवागमन बन्द गरिएको छ ।

यसअघिको बाढीले आंशिक क्षति पुगेको सो पुलमा केही दिनदेखिको अविरल वर्षाले पुरै क्षति पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

बिरिङ पुलमा क्षति पुगेपछि अर्जुनधारा– ७ को फूलमति टोल, मिलडाँडाको बाटो हुँदै यातायातका साधनहरू सञ्चालन भइरहेको डीएसपी प्रकाश विष्टले बताए ।