झापा। ओम नारायण राजवंशी, झापा गाउँपालिका ५ पन्थापाडा हुलाकी राजमार्ग अन्तर्गत पर्ने बिरिङ खोलाको बाँध र बाटो काटानमा पर्दा सडक अवरुद्ध भएको छ ।अविरल बर्षाका कारण खोलामा पानीको स्तर बढ्दा बाँध सँगै बाटो काटनमा परेको हो ।

एक दशक भन्दा बढी लगाइ तयार भएको पुल पुन ठप्प हुँदा स्थानीयहरू असन्तुष्ट छन्।
हुलाकी सडकखण्ड अन्तर्गत राजगढ र पन्थापाडा जोड्ने पुलबाट सडक कट्टिएर अहिले पुल र बाटो को बीचमा खोला बगेको अवस्था रहेको छ।
बाँध भत्किँदा गएराति ८ बजे बाँध सँगै बाटो पनि बग्यो भनेर स्थानीय राजेश राजवंशीले बताएका छन् ।
पुल बनाउन १२ वर्ष लगाए लगभग १ वर्ष पनि सञ्चालनमा आउन सकेन स्थानीय गौतम राजवंशीले गुनासो पोखेका छन्।
पुल अवरुद्ध हुँदा सर्वसाधारण आउजाउमा समस्या भएको छ। पुलको स्थिति हेर्न मान्छेको बाक्लो भीड देखिन्छ।
सम्बन्धित निकाय को ध्यान जाओस् यथासिघ्र पुल सञ्चालनमा आउनुपर्छ भन्ने सबैको अपेक्षा रहेको छ।