बुद्वशान्ति । भरत भाबुक प्रसाई, विपन्न बालबालिकाहरुको दशैं उल्लासमय होस भन्ने उदेश्यले सहयोगी मनहरु नेपालले बुद्वशान्तिका सामुदायिक विद्यालयमा अध्ययनरत ५० बालबालिकालाई पोशाक वितरण गरको छ । 

दशै तथा दिपावलीको पावन अवसरमा शुभकामना आदान गर्दै संस्थाको काम कर्तव्यप्रति सहभागी बक्ताहरुले खुलेर प्रशंसा गरेका थिए । 

बुद्वशान्तिका १ स्थित सितारमेश बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा  बुद्वशान्ति गाँउपालिका भित्रबाट छानिएका ७ विद्यालयका बालबालिकाहरुलाई पोशाक वितरण गरिएको थियो ।

कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै संस्थाका कार्यसमिति सदस्य पुष्षराज भट्टराईले स्वागत गर्नुभयो । 

IMG_2784बुद्वशान्ति गाँउपालिकाका प्रवक्ता तथा वडा नम्वर १ का वडाध्यक्ष अनिल बाग्लेले सहयोगी मनहरु नेपालले गरेका गतिविधिहरु  समाजका लागि प्रेरणा भएको बताउनु भयो ।

उहाँले वडा नम्वर १ भित्र सामाजिक सेवा र जनताको उन्नयनका लागि ल्याइने कार्यक्रममा सहकार्य गर्न आफु सदैव तयार रहेको बताउनु भयो ।

त्यस्तै संस्थाका केन्द्रिय अध्यक्ष भिमप्रसाद आर्चायले संस्था विशुद्व सेवा भावले स्थापना गरिएको बताउदै सम्पूर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले मेचि देखिमहाकालि सम्म अभियानको लहर चलाइएको बताउनु भयो ।

उहाँले झुल वितरण, विपन्न बालबालिकाहरुलाई स्टेशनरी सामाग्री ,बिरामीहरुलाई आर्थिक सहयोग  लगायत कुना कन्दरामा रहेका आवाज विहिनहरुको आवाज बन्दै सेवाको यात्रामा निरन्तर होमिएको बताउनु भयो । 

IMG_2789कार्यक्रमका विशिष्ट अतिथी शिक्षा शाखाका प्रमुख कमल प्रसाद निरौलाले सहयोगी मनहरु नेपालले शिक्षामा गरेको लगानीले गरीव विपन्न भएकै कारण शिक्षाबाट विमुख हुनुपर्ने बाध्यताको अन्य हुनेमा आशावादी रहेको बताउनु भयो ।

उहाँले आफ्नो सेवाको क्षेत्रका रुपमा बुद्वशान्ति गाँउपालिकालाई रोजेकोमा संस्थालाई धन्यवाद दिनु भयो ।  उहाँले बालबलिकाको शिक्षाका निम्ति ल्याइने जुनसुकै कार्यक्रममा  गाँउपालिका र शिक्षा शाखाको साथ रहने बताउनु भयो ।

IMG_2785

त्यस्तै बाणिज्य संघ बुद्वशान्तिका अध्यक्ष दिपक सापकोटाले सहयोगी मनहरु नेपालले निस्वार्थ भावनाले सामाजिक सेवामा लागेको बताउदै यसले सामाजिक रुपान्तरणमा ठुलो भुमिका खेल्ने बताउनु भयो ।

कार्यक्रमको  सञ्चालन संस्थाका सचिव विष्णु उप्रेतीले गर्नु भएको थियो । कार्यक्रममा बुद्वशान्ति गाँउपालिकाका सरस्वती मा.वि,बुद्व आर्दश मा.वि, नमुना आर्दश मा.वि,त्रिभुवन मा.वि, नव किरण आधारभुत विद्यालय,शिशु सुधार आधारभुत विद्यालय का अति विपन्न बालबालिकाहरुको सहभागिता रहेको थियो ।

दशै तथा दिपावलीको पावन अवसरमा शुभकामना आदान गर्दै प्रमुख अतिथि बाग्लेले एक बालिकालाई पोशाक वितरण गरी कार्यक्रमको उट्घाटन गर्नु भएको थियो । दशैको मुखमा आर्थिक विपन्नता कै कारण एक जोडी गतिलो लुगा लगाउन नसकिरहेको बेलामा सहयोगी मनहरु नेपाल ती बालबालिकाको प्रशन्नता बनेर आएको छ । 

IMG_2768

कार्यक्रमकमा अभियन्ता तथा संस्थाका सह–सचिव दिपेश खनाल, लेखा संयोजक अनिता श्रेष्ठ, आजिवन  सदस्यहरु प्रतिक्षा पराजुली राजेश शिवाकोटी,सरिता अधिकारी, जयन्ता पौडेल,मार्नथ सदस्य समिन रिजाल,सोमराज तामाङ, राजेन्द्र तामाङ, पत्रकार तथा आजिव सदस्य भरत प्रसाई सितारमेश बहुमुखी क्याम्पसका प्रमुख पुष्ष बराल,बुद्वशान्ति न्युनकी भावना भट्टराई लगायत विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो  । 


 अाजै संस्थाले  बिर्तामोड ४ स्थित १ सय ५ वर्षकी आमाबाट शुभ आर्शिवाद लिदै  विभिन्न खाद्य सामाग्री र नगद सहयोग समेत गरेको छ ।