बिर्तामोड झापा उपभोक्ता जागरण अभियानको विर्तामोडको नगर कमिटी घोषणा भएको छ। बिर्तामोडका अग्रज देवी भक्त आचार्य को अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा राजकुमार ओली सचिवमा अनुप निरौला सहसचिवमा इन्जिनियर सुरज खतिवडा कोषाध्यक्षमा सिता विश्वकर्मा निर्वाचित हुनुभएको हो।
त्यस्तै समितिका सदस्यहरूमा बलबहादुर श्रेष्ठ मोहनविक्रम मल्ल देवीप्रसाद संग्रौला रामदेव चौधरी र गोमा देवी सिग्देल रहेका छन्।
नगर कमिटी घोषणा कार्यक्रममा उपभोक्ता जागरण अभियान झापाका अध्यक्ष शालिकराम भट्टराई उपाध्यक्ष इन्द्र ओली झापा सदस्यहरू उदय नारायण ढुङ्गाना थिर प्रसाद खतिवडा कल्पना भट्टराई लगायत ले शुभकामना मन्तव्य राख्दै बिर्तामोडमा भएका समस्याहरूलाई नजिकबाट नियाल्नुपर्ने बताउनुभएको थियो।
बिर्तामोड नगर समितिले नजिकिएको विजयादशमी तिहार छठ लगायतलाई लक्षित गरी अनुगमनलाई तीव्र पार्ने तयारी गरिएको बताएको छ।
पछिल्लो समय फलफुल कृषि खाद्यान्न लगायतमा विषादीको मात्रा उच्च पाइएको देखिएकोले बिर्तामोड नगरपालिका इलाका प्रहरी कार्यालय बिर्तामोड उद्योग वाणिज्य सङ्घ लगायतसँग सहकार्य गरी अनुगमनलाई तीव्र पार्ने निर्णय गरिएको उपाध्यक्ष राजकुमार ओलीले बताए ।
पछिल्लो समय बिर्तामोड क्षेत्रमा नापतौलका समस्या विषादी परीक्षणका समस्या औषधि पसलमा समय गुज्रेका औषधी होटलमा भान्साकोठाका व्यवस्थापनमा समस्या हरूलाई नजिकबाट नियाल्दै कार्यसमितिले विज्ञसँग सल्लाहका साथ अघि बढ्ने तयारी गरेको अध्यक्ष आचार्यले बताए ।