सुरुङ्गा । जामुनाबारी सामुदायिक बन उपभोक्ता समुह अन्तरगतको जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रले भारतबाट शिर्षकमा अवार्ड प्राप्त गरेको छ ।
झापाको कनकाई–२ र १ मा फैलिएको बन समुहले यसअघि पनि बिभिन्न सम्मान र पुरस्कार प्राप्त गरिसकेको छ ।
समितिले आज (शुक्रवार) सामुदायिक बनको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर भारतको पश्चिम बंगाल सरकार अन्तर्गतको हिमालयन हस्पिटालिटी एण्ड टुरिजम डेभलोपमेन्ट नेटवर्कले सर्टिफिकेट एचिभमेन्ट प्रदान गरेको जानकारी दिइएको हो ।
सस्टिनेबल टुरिजम डेस्टिनेशन अफ द इयर शिर्षकमा अवार्ड हासिल गर्न सफले भएको मितिका अध्यक्ष पर्शुराम गिरीले जानकारी दिनु भयो ।
उहाँले दुई देश बिचको सम्बन्धलाई पर्यटनको माध्यमबाट जोड्न यो सफल्ताले मद्वत गर्ने बताउनु भयो ।
उहाँले स्थानिय र संघिय सरकार पनि पूर्वकै लोकप्रिय सिमसारको संरक्षणमा लाग्नु पर्ने बताउनु भयो ।
केही बर्षअघिसम्म उक्त बन समुहको अवस्था राम्रो भएको र अन्यलाई सहयोग गर्न समक्ष भएको बताउँदै अध्यक्ष गिरीले हाल त्यहाँ रहेका बन्यजन्तुको आहारामा समेत समस्या हुने गरेको बताउनु भयो ।
उहाँले चिडिया घरको लागि स्थानको खोजीभइरहेको बताउनु भयो । अध्यक्ष गिरीले करिब तयारी अवस्थामा रहेपनि सिमसार लाई बृवास्ता गरी नयाँ स्थानको खोजी गरिएको छैन प्रदेश सरकार लागेको बताउनु भयो ।
बन समुहको अवस्था राम्रो हुँदा सहयोग गर्नेको सुचीमा पहिलो रहेको भएपनि कोभिड महामारीसँगै अवस्था खस्किदै गएको र अहिले कसैले सहयोग नगरेको दुःखेसो पोख्नु भयो ।
उहाँले धसे चितुवा, चितुवा, भालु, अजिङ्गर, मयुर, बदेल, बाँदर, खरायो, ढेडु, बिभिन्न चराचुरुङ्गी रहेको र हाल ती बन्यजन्तुको आहारा धान्न पनि समस्या हुने गरेको बताउनु भयो । सो क्षेत्रमा ११ बिगाहावढी जमिनमा मृगस्थली रहेको समेत उहाँले बताउनु भयो ।
समुहको समितिले चरिचरान बन्द, जामुन खाडी सौन्र्दयीकरण, चिडियाखानाको पहल, परम्परागत साँस्कृतिक वस्तु संकलन केन्द्र, कोशेली घर सञ्चालन, सिंचाईलाई ब्यवस्थापन लगायतका कार्यक्रम अनुमोदनका लागि समूहमा राखिएको अध्यक्ष गिरीको भनाई छ ।
अघि सारिएका कार्यक्रमहरु लागू गर्नसके सो क्षेत्र करिव पहिलेकै अवस्थामा आउनेसमेत समितिको अपेक्षा रहेको बताइएको छ ।
कूल ४ सय ३४ दशमलव १९ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन परिसर भित्रको २६ दशमलव ५४ हेक्टर क्षेत्रफलमा जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्र सञ्चालित रहेको छ ।
यहाँ रहेको पोखरिमा पर्यटकको आकर्षणको लागी झोलुंगे पुलको पनि निर्माण गरिएको र पोखरीमा डुङ्गा शयर समेत गर्न सकिने अध्यक्ष गिरीले वताउनु भयो ।
त्यस्तै विभिन्न प्रजातिका फूलवारीहरु , रमणिय बनभोज स्थल , झुला र बच्चाहरूका विभिन्न प्रकारका खेलहरू पनि यहाको आकर्षण रहेको छ ।
पत्रकार सम्मेलनमा समुहकी उपाध्यक्ष रेनुका खवास, सल्लाहकार अनिरुद्र ओली, बुद्धिमान बोहोरा, कोषाध्यक्ष जीतकुमारी सापकोटा, कार्यसमिति सदस्यलगायतको उपस्थिति रहेको थियो ।














