एकपछि अर्को सामाजिक कार्यलाई
निरन्तरता दिदै आएको सहयोगी मनहरु नेपालले झापाको दमक–३ गैरी गाउँमा एक बृद्ध
दम्पतीलाई सहयोग गरेको छ ।
आर्थिक अवस्था एकदमै कमजोर भएका बृद्ध दम्पति दमक–३ गैरीगाउँका ७२ बर्षिय भोगट बहादुर धिमाल र बिलोयी धिमाललाई सहयोगी मनहरु नेपालले खाद्यन्न र भर्याङ प्रदान गरेको हो ।

सहयोगी मनहरुले मंगलबार उनीहरुको
निवासमै पुगेर उक्त सामाग्री हस्तान्तरण गरेको संस्थाका सचिव बिष्णु उप्रेतीले
जानकारी दिए ।
सहयोगी मनहरु नेपालका अध्यक्ष भीम प्रसाद आचार्यले उनीहरुको अवस्था देखेपछि उनकै पहलमा चामल, दाल, तेल, नुन, मसलालगायतका खाद्यन्नसहित एउटा भर्याङ प्रदान गरिएको बताइएको छ ।
धिमाल दम्पतीहरुको घरमा बस्न निकै
समस्या हुने गरेको अवस्थालाई मध्यनजर गर्दै उनीहरुको सहजताका लागि एउटा सखुजा
जातको काठको भर्याङ पनि प्रदान गरिएको सचिव उप्रेतीले बताए । धिमाल दम्पतीको एउटा
छोरा भएपनि बुबा–आमालाई हेर्ने नगरेको उनीहरुले बताएका छन् ।














