झापा । भरत भाबुक प्रसाई, दशैको चटारोमा सबै जना दशै मनाउन व्यस्त रहेका बेलामा सामाजिक व्यतित्व शेरबहादुर थापा दिन न रात नभनी जनताको सेवामा समर्पित हुनुभएको छ ।
सधै जनताको सेवा नै सर्वोपरी मान्ने थापाले आफ्नो विशेष पहलमा हुलाकी मार्गलाई पन्थापाडासंग जोड्ने फलामे पुलको निर्माण गरिदिनु भएको छ ।

उहाँले आफु लगायत स्थानियको पहलमा २२ देखी २४ घण्टा खटी ३ दिनमा पुल निर्माण गरी दिनु भएको हो ।
उहाँले मान्छेमा इच्छा शक्ति भयो भने हर कुरा सम्भव छ भन्ने दृष्टान्त प्रस्तुत गर्नु भएको छ ।
उहाँले झापा क्षेत्र नम्वर ३ का सासंदका रुपमा निर्वाचित हालका कोशी प्रदेशका पूर्वधार बिकास मन्त्री भुमीप्रसाद राजवंशीले तत्काल लागेको रकम व्यवस्थापन गर्ने प्रतिबद्वता व्यक्त गर्नु भएको भन्दै उहाँलाई विशेष धन्यवाद दिनुभयो ।

गएको असोज ११ गते आएको बाढीले झापा गाँउपालिका वडानम्वर ५ स्थित पन्थापाडामा रहेको बिरीङ पुल बगाएपछी हुलाकी मार्ग हुदै चन्द्रगढी जोड्ने बाटो पूर्णरुपमा बन्द भएको थियो ।
दशैको मुखमा व्यापार गर्न हिड्ने, विशेष कामले सदरमुकाम निस्कने जनताहरुले बाटो बन्द हुँदा अत्यन्तै सास्ति व्यर्होनु परेको थियो ।

पुलको पश्चिमपट्टीको भागमा बाढीले भत्काएपछि आवत–जावतमा समस्या झेल्दै आएका स्थानीयले आजदेखि बैकल्पिक फलामे पुलबाट हालका लागि आवत जावत गर्न पाउने भएका छन् ।
स्थानीयले यो दशैको मुखमा जनताको भावना बुझिदिएको भन्दै सामाजिक व्यतित्व शेरबहादुर थापालाई धन्यवाद व्यक्त दिएका थिए ।
उनीहरु भन्छन् हामी निकै खुसी छौ यसको प्रमुख कारण थापा सर नै हो ।
पुल भत्किएसँगै बाह्रदशी, हल्दीबारी, झापा, कचनाकवल गाउँपालिकाका आफन्तसँग भेटघाट गर्न सहज भएको स्थानीयहरुको भनाई छ ।
सो पुलबाट पैदलयात्री, साइकल, मोटरसाइकल र अटोमा सञ्चालन गर्न सक्ने भएपनि दशैंका समयमा ठूलो राहत भएको स्थानीयले बताए ।

निर्माण गरिएको फलामे पुल ६=५ फिटको चौडाई र २४=५ मिटर लम्बाईको रहेको छ ।
सामाजिक ब्यक्तित्व शेरबहादुर थापाले आफुले अगुवाई गरेर बैकल्पिक फलामे पुल निर्माण भएपनि स्थानीयसहित सवैको ठूलो सहयोग रहेको पटक पटक दोहो¥याउनु भएको थियो ।
उहाँले आफुले सवै ठाउँमा कुरा गरेपछि केही आश्वासन पाएको र सरकारी काम केही ढिला हुने आफुले पहल गरी पुल निर्माण गरीदिएको बताउनु भयोे ।
उक्त पुल निर्माणका लागि हिसाब नभएको भएपनि करिव ३ लाख जती खर्च भएको बताएका उहाँले बताउनु भयो ।
उहाँले आगामी दिनमा पनि उक्त पुल निर्माणका लागि पहल गर्ने प्रतिवद्धता गर्दै जनताको सेव ागर्न पाउँदा आफुलाई आन्नद मिल्ने बताउनु भयो ।
बैकल्पिक पुललाई समाजसेवी थापा, झापा गाँउपालिका वडा नम्वर ५का वडाध्यक्ष कृष्ण प्रसाद राजवंशीले संयुक्त रुपमा पुलको उदघाट्न गर्नुभएको थियो ।
झापा–५ का वडाध्यक्ष राजवंशीले शेरबहादुर थापाकै कारण फलामे पुल निर्माण गरेर स्थानीयलाई आवत–जावतमा सहज भएको बताउनु भयो ।
उहाँले वाढीले पुल भत्काएपछि २० किलोमिटर रहेको चन्द्रगढी जान सुरुङ्गा, बिर्तामोड हुँदै चन्द्रगढी जाँदा ६५ –७० किलोमिटर पार गरी झापा, बाह्रदशी, हल्दीबारीमा रहेका आफन्त भेट्न निक्कै मुस्किल हुने गरेकाेमा अब जनतालाई राहत मिलेको प्रतिक्रिया दिनु भयो ।














