मेचीनगर । झापाको मेचीनगरमा मोटरसाइकलले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ ।


धुलाबारीबाट पुर्व जाँदै गरेको प्रदेश १–१७–प–७४४ नम्बरको मोटरसाइकलले विपरीत दिशातिर जाँदै गरेका सगरमाथा यातायातका चालक डिकेन राजवंशीलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।

घाइते राजबंशीको बिर्तामोडमा उपचारका क्रममा निधन भएको छ। राजबंशीको मृत्यु भएपछि उनका आफन्तले पुर्व–पश्चिम राजमार्ग अवरोध गरेका छन् ।

   यातायात खुलाउने बिषयमा प्रशासन र पीडित परिवारवीच वार्ता भइरहेको जनाइएको छ ।