झापा । युवराज प्रसाई, झापाको बाह्रदशी ५  फूलबारीमा अहिलेसम्मकै सबैभन्दा ठुलो दशैं मेला सम्पन्न भएको छ । दुर्गा पूजा मेला समितिको आयोजना रहेको मेला विगत लामो समयबाट लाग्दै आएको हो ।

Capture 8झापाकै पहिलो मेलाका रुपमा  बडादशैको अन्तिम दिन कोजागत पूर्णिमाको दिन लाग्ने मेलामा ५० हजार भन्दा बढी आन्तरिक पर्यटनहरुले मेला भ्रमण गरेको मेला ब्यवस्थापन समितिका अध्यक्ष प्रेम पौड्लले बताउनु भयो । 

उहाँले जातिगत एकता झल्काउने गरि मेलाको सञ्चालन गरिएको बताउनु भयो । अनुमानित १ लाख भन्दा बढी लगानीमा सम्पन्न मेलामा कुनै अप्रिय घटना नभएको मेला ब्यवस्थापन समितिका सचिव जीवन धमलाले बताउनु भयो । 

888भाषिक तथा जातिगत  विविधता झल्कने सांस्कृतिक प्रस्तुति सहित शुरु गरीएको औपचारीक कार्यक्रम उदघाटन बाह्रदशी गाँउपालिकाका अध्यक्ष देवेन्द्र चम्लागाँईले गर्नुभएको थियो  ।

मेलामा सन्थाल,राजवंशी,मेचे,धिमाल लगायत आदिवासीहरूको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो  । मेलामा नेपालको झापा, मोरङ, सुनसरी लगायत भारतका विभिन्न स्थानबाट आएका  मानिसहरुले मेला अवलोकन गरेका थिए । 

888888मेलामा ९ भन्दा बढी संन्थाल नृत्य टोलिहरुले  प्रतियोगितात्मक नृत्य प्रस्तुत  गरेका थिए । सन्थाल नृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद ११ हजारले सम्मान गरिएको थियो ।