बिर्तामोड । बिर्तामोड १ मा  कार्यलय रहको पाथिरा भजन कृतन मण्गडलीले सामाजिक सद्भाव र सांस्कृतिक एकताका निम्ति  सामूहिक देउसी खेलेको छ ।

IMG_4981

दिदी भाईको सम्बन्ध र सद्भावको  चाँड तिहार मनाउने उदेश्यले खेलिएको देउसीमा लोक भाका गाउँका संस्कार र पहिलेका भाकालाई प्रस्तुत गरिएको थियो । 

123

बिर्तामोड १ स्थित पाथिभरा टोल वरपिरीका करीव ४० घरकाे सहभागिमा खेलिएको देउसीको सञ्चालन तथा सहजीकरण संस्थाका सचिव तथा पत्रकार भरत भाबुक प्रसाईले गर्नु भएको थियो ।

२०८० सालमा स्थापना भएको संस्थाले विगतमा भजनमा उत्कृष्ट ,नृत्यमा उत्कृष्ट हुनुभएका  स्थानियबासीहरुलाई सम्मान समेत गरेको थियो ।

IMG_4933

देउसीमा  उत्कृष्ट नृत्य मानवी बस्नेत,आयुस्का ढकाल,अर्पिता अधिकारी,दिपा पाठक, दिपा ढकाल, सविता ढकाल,आशिष भट्टराई, निकिता थपलिया,संदिप ढकाल, सिवान्स पाठक, नब्या सिलवाल,अन्जु मैनाली,तुलसा पाठक,सिमा थपलिया,कल्पना बराल,मन्दिप पाठक,कल्पना बराल, भरत प्रसाई,  लगायतले लोक भाकामा आफ्नो प्रस्तुति कार्यक्रमलाई रोचक बनाएका थिए ।

IMG_4937

पाथिभरा कृतन मण्डलीकी अध्यक्ष  सावित्रा अधिकारीको प्रमुख आतिथ्यता सम्पन्न  कार्यक्रमलाई रोचक बनाउन बिच बिचमा मारुनी भाका  समेत प्रस्तुत गरीएको थियो ।