देउमाई । अश्मिता दुलाल, ईलामको देउमाई नगरपालिकामा विश्वको सबै भन्दा ठुलो लाली गुराँस रहेको छ। देउमाई नगरपालिका वाड नं: २ तपेवामा रहेको १६.१ मिटर उचाइको लालीगुराँस संसारकै सबैभन्दा अग्लो भनेर गिनिजबुकमा उल्लेख गरिएको छ ।
नेपाल र भारतको सिक्किममा फुलेको गुराँसलाई सबैभन्दा राम्रो मानिने वनस्पतिविद् हरुको ठम्याइ छ ।
बेलायतमा फुलेको गुराँसलाई सबैभन्दा राम्रो भन्ने गरिन्छ ।गुराँस संसारको सबैभन्दा उचाइमा फुल्नेमात्रै होइन, सबैभन्दा सुन्दर गुराँस पनि नेपालमै फुल्ने गरेको वनस्पतिविद्हरूको दाबी छ ।

त्यतिमात्रै होइन, संसारमै नपाइने रोडोडेन्ड्रन कोवानियानम र रोडोडेन्ड्रन लाउन्डेसाई गुराँस पनि नेपालमा मात्रै पाइन्छ।लालीगुराँस चारदेखि १० हजार फिट र गुराँसचाहिँ २०/२२ हजार फिटसम्मको उचाइमा पाइन्छ । गुराँस फागुन चैतदेखि फुल्छ ।
नेपालका २३ प्रजातिका गुराँस चैतमा फुल्ने गर्छ । ईलामको देउमाई रहेको संसारकै अग्लो लाली गुराँस पनि सोही सिजनमा फूल्ने हो तर केही दुर्गम भेगमा भएकोले ओझेलमा परेको देखिन्छ ।














