घैलाडुब्बा छठ पुजा समितिको आयोजनामा कनकाई –९ स्थित विरीङ खोलामा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । 

नेपालीहरुको महान चाँड छठ पर्वकाे अन्तिम रात वर्तालु भक्तजनहरुलाई मनोरञ्जन प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको पुजा व्यवस्थापन समितिका अध्यक्ष राजेश शाहले बताउनु भयो ।

कनकाई वडा नम्वर ९ का वडाध्यक्ष राजेन्द्रप्रसाद उप्रेतीले दिप प्रजवलन गर्नुका साथै व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको कार्यक्रममा विशेष अतिथी  कोटीहोम धार्मिक व्यवस्थापन समितिका अध्यक्ष शेरबहादु थापाले सांस्कृतिक एकताको उत्तम उदाहरण छठ पर्व बन्न पुगेको बताउनु भयो । 

त्यस्तै आर्दश मा.वि व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमोहन उप्रेती,नवदुर्गा व्यवस्थापन समितिका अध्यक्ष  गोविन्दकुमार प्रधान,घैलाडुब्बा युवा क्लवका अध्यक्ष जिवन ओली, कोच राजवंशी सांस्कृतिक तथा पर्यटन केन्द्रका अध्यक्ष तथा पूर्व वडाध्यक्ष  प्रेमप्रसाद राजवंशी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा शान्ति शुव्यवस्था मिलाउन विशेष भुमिका खेलेको भन्दै इलाका प्रहरी चौकी घैलाडुब्बाका इन्चार्ज खुदु मुर्मु, पत्रकार मदन संग्रौला, कार्यक्रम सञ्चालकद्वय निलम संग्रौला र भरत भाबुक प्रसाईलाई सम्मान गरिएको थियो ।

कनकाई वडा नम्वर ९ का वडाध्यक्ष उप्रेतीले छठ मैथिली समुदायको चाँड मात्रै नभएर पछिल्लो समयमा समावेशी चाँड बन्न पुगेको बताउनु भयो ।

उहाँले भव्य कायक्रमको सफल व्यवस्थापन गर्न सफल भएमा छठ पुजा व्यवस्थापन समितिलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

कार्यक्रमको प्रमुख आर्कषण राष्ट्रियभजन गायक कृष्ण भण्डारी रहनु भएको थियो ।

औपचारीक र सांस्कृतिक कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भरत प्रसाई र स्थानिय भजन गायक मिलन संग्रौलाले गर्नुभएको थियो ।