बिर्तामोड । बिर्तामोडको मेची आँखा अस्पतालमा कानको उपचार सेवा थपिएको छ । लामो समयदेखि आँखाको उपचार गर्दै आएको समुदायद्वारा सञ्चालित यस अस्पतालमा कानको उपचार सेवा समेत थपिएको हो ।
उपचार सेवाको बिर्तामोड नगरपालिकाका मेयर पवित्रादेवी महतारा प्रसाईंले शुभारम्भ गरिन् ।
आँखा अस्पतालभित्रै कानको उपचार गर्ने प्रबन्ध मिलाइएको अस्पताल सञ्चालक समितिका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । उनले सर्बसाधारणले सुलभ शुल्कमा उपचार सेवा लिउन् भन्ने उदेश्यले कानको उपचार सेवा थप गरिएको जानकारी दिए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। पुरुषोत्तम जोशीले प्रत्येक १ हजार जनामा ८२ जनाको आँखामा समस्या आउने गरेको बताए । त्यसैगरी १ हजार जनामा ५२ जनामा कानको समस्या रहने गरेको बताए । आँखा र कानको उपचार सम्बन्धित बिराम भएको हुनाले कानको उपचार सेवा थप गरिएको उनको भनाई थियो ।
यसअघि कानको उपचारका लागि आउने बिरामीलाई अन्यत्र रेफर गर्ने गरिएको उनले जानकारी दिए । अब दक्ष जनशक्तिको संलग्नतामा उपचार सेवा सुरु गरेपछि यो सेवा अस्पतालमै उपलब्ध हुने बताइएको छ ।
निकट भविष्यमा कानको अपरेसनद्वारा उपचार गर्ने सेवा पनि सुरु गर्ने अस्पताल सञ्चालक समितिका सचिव गणेश पोखरेलले बताए ।
बिर्तामोड नगरपालिका(३ का वडाध्यक्ष मदन बुढाथोकीले आफनो वडामा रहेको अस्पतालले सुिवधा थप गर्नु वडाका लागि गौरवको कुरा भएको बताए । उनले अस्पतालले बिपन्न समुदायका बिरामीका लागि उपचारको पहुँच पुर्याएकोमा प्रशंसा समेत गरेका थिए ।